Kath khabar
कारागारबाटै कैदी फरार


                बर्दिया, भदौ १७ ।  बर्दिया कारागारबाट १ कैदी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दामा विगत १ बर्ष देखि कैद सजाय भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय अजित बुढाक्षेत्री कारागारबाटै फरार भएका हुन्।

उनी आइतबार विहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएका कारागारका प्रमुख सन्तोष विकले जानकारी दिए। अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फरार भएको जानकारी पाउना साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ। 

भारतीय नाका शील गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बलसँग समन्वय गरी हुलिया समेत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिर राज शाहीले जानकारी दिए।

फरार कैदी २०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा दोषि ठहर भइ कैद भुक्तान गरिरहेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत बर्ष पक्राउ परी कैद भुक्तान गरीरहेका थिए। अदालतले ३० बर्षको कैद सजाय फैसला गरेका उनी पुनः भागेका हुन्।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update