Kath khabar
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु

 

                दार्चुला, भदौ १७ । डेङ्गी सङ्क्रमणबाट दार्चुलामा १ किशोरीको ज्यान गयो । डेङ्गी सङ्क्रमणबाट महाकाली नगरपालिका-९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको ज्यान गएको हो ।

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । 

चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको विद्यालयका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । उनको निधनमा आज आइतवार विद्यालयमा शोक बिदा दिएको प्रधानाध्यापक सामन्तले बताउनुभयो । 

दार्चुलामा यो वर्ष अहिलेसम्ममा १९४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update