Kath khabar
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर

 

                 ताप्लेजुङ, भदौ २२ ।  ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूको निलम्बनको माग गर्दै तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।

प्रदेश सांसद खगेन सिङ हाङ्गाम माथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । उनीहरूले हिजो बिहीवार राति प्रहरीले सांसदको निवासमा आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update