Kath khabar
डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित


                 काठमाडौं, भदौ २९ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, श्रीमती मनिषा, छोरी अनिशा र आरभले संयुक्तरूपमा अनावरण गर्नुभयो ।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ ।

त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायतका विषयमाथि केन्द्रित हुँदै  मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिनेछ । २४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ ।

पुस्तक प्रकाशनको मुल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने फाउन्डेसनले जनाएको छ ।

असोज ५ गते शुक्रबार साँझबाट बजारमा आउने यस पुस्तक भदौ २९ गते शुक्रबारदेखि पुस्तकको अनलाइन बुकिङ खुल्ला भएको छ । दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत अनलाइन बुकिङ हुनेछ ।

पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ । देशभरका पुस्तक पसल तथा उपत्यकाबाहिर समीक्षा पब्लिकेसनले वितरण गर्नेछ । यो पुस्तक विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update