Kath khabar
काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना

 

               काठमाडौं, भदौ ३१ ।  देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज बिहान सातवटै प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा साथै देशका बाँकी भू-भागका १/२ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका १/२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तिर रहेको छ । नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update