Kath khabar
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु


             काठमाडौं, असोज १ ।  राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ ।

३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

pass1695020198.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update