Kath Khabar
ललितपुरको गोदावरीमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, असार ८ । ललितपुरको गोदावरी नगरपालिका-१० उदयखर्कस्थित खेतमा प्याङगाँउ बस्ने ४५ वर्षीय हरि चन्द्र महर्जन मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

यसैगरी काभ्रेको तिमाल गाउँपालिका-२ टुखाबेशीस्थित सुनकोशी नदीको किनारमा भुम्लु गाउँपालिका-६ बस्नुहुने ८१ वर्षीया सुन्तली मैनाली भन्ने चुना कुमारी मैनाली सोमबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update