वेष्ट फाईनान्सद्धारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

काठमाडौं, असार ९ । वेष्ट फाईनान्स ले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बञ्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान् कम्पनी तरण गरिएको जनाएको छ । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो ।
काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेलम्बुबासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८ १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय