Kath khabar
सर्वोच्चको आदेश लगत्तै बाँके प्रहरी रिगलको खोजीमा

 

                 बाँके, कात्तिक १६ ।  नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी भइरहेको बताएको छ।सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो।

सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी शुरू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए। ‘उनको खोजी शुरू गरिसकिएको छ, सकेसम्म छिटो नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउँछौं,’ उनले भने।

सर्वोच्चको आदेश लगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए। ‘रिगलको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ,’ उनले भने।

सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धर माथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णय विरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update