Kath khabar
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो

 

               जाजरकोट, कात्तिक २० ।  जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प पछि मानिसहरू घर बाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १५३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update