Kath khabar
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का 


                 बझाङ, मंसिर ४ ।  बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ। बझाङको धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएको छ। 

गत असोज १६ मा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको बझाङकै चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट एकजनाको ज्यान गइको थियो भने करिब १५० घर भत्किएका थिए। 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update