Kath Khabar
गोकर्णेश्वरमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं, असार ११ । गोकर्णेश्वर नगरपालिका-९ गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सिमालटार डेरा गरी बस्ने संखुवासभा भोटखोला गाउँपालिका-२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update