Kath Khabar
दुर्गा प्रसाईँद्धारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता


                       काठमाडौं, मंसिर ८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । आफूलाई गैरकानुनी रूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन् ।

प्रसाईँको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । उक्त रिटको सुनुवाइ आइतबार हुने भएको छ।

भक्तपुरको ठिमीमा रहेको आफ्नै घरमा उनी नजरबन्दमा परेका छन् । उनको निवास वरिपरी प्रहरी तैनाथ गरिएको छ । सुरक्षाका कारण उनलाई थप निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update