आज काठमाडौंमा यो वर्षको अहिलेसम्मकै चिसो
काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ

काठमाडौं, मंसिर १७ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो ।
काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका १/२ ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय