Kath Khabar
जाजरकोट, रुकुमका भूकम्प पीडितलाई स्ट्यान्डर्ड चार्टर्डद्वारा १० हजार डलर सहयोग


                 काठमाडौं, मंसिर १७ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न ब्रिटिस रेडक्रसलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

उक्त रकमले रेडक्रस सोसाइटी नेपाल मार्फत भूकम्प प्रभावितका लागि प्राथमिक उपचार तथा औषधि उपलब्ध गराउनुका साथै नजिकिँदै गरेको चिसो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा, दैनिक उपभोग्य वस्तु लगायतका साधन उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले भने, ‘भूकम्पका कारण पीडित जनताले पाएको दुःखमा हामी पनि उहाँहरूका साथमै छौं, नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक भएको नाताले यस्तो अकल्पनीय घटनामा पीडितको जीविकोपार्जनको सक्दो सहयोग र साथ दिन चाहन्छौँ ।’  

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update