Kath khabar
अज्ञात समूहद्वारा धनकुटाका वडाध्यक्ष गुरागाईलाई घरमै थुनेर आगो लगाइयो

 

                धनकुटा, मंसिर १८ ।  अज्ञात समूहले गत शनिबार राती धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडा अध्यक्ष देबेन्द्र गुरागाईको घरमा आगजनी गरेको छ ।  राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाईंले बताए ।

सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनले बताए ।

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो । आगलागीबाट लुगाकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update