Kath khabar
आज काठमाडौंमा दिनभर बदली रहने, कोशी प्रदेश र तराईका १-२ ठाउँमा फाट्टफुट्ट वर्षा

 

                    काठमाडौं, मंसिर २१ ।  काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँको मौसम बिहानै देखि धुम्म छ । आज दिनभरी नै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको हो ।

आज बिहान कोशी प्रदेश र तराईका १-२ ठाउँमा फाट्टफुट्ट पानी परेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान यी क्षेत्रका १-२ ठाउँमा फाट्टफुट्ट पानी परेको हो । अन्य क्षेत्रमा भने बादल लागे पनि पानी परेको छैन ।

केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार आज राति देखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आज भन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update