Kath Khabar
मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’

काठमाडौ, असार १२ । क्यानडाको ब्राम्टनमा बस्दै आउनुभएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’ ले सम्मानित हुुनुभएको छ । स्थानीय सरकारबाट हरेक बर्ष प्रदान गरिने यो अवार्ड अन्तर्गत यो बर्ष कोभिड-१९ को बखतका उत्कृष्ट नागरिकहरु बिधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गर्नुभएको हो । 

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गर्नुभएको थियो । सिटिजन अवार्ड अन्तर्गतको यो विधाको अवार्ड काफ्लेसहित सात जनाले प्राप्त गर्नुभएको छ ।  अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गर्नुुभएको हो । बर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादायी, दीर्घकालिन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धीको सम्मान स्वरुप यो अवार्ड प्रदान गरिदै आएको हो ।

यो अवार्डको छनौट कमिटिमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वंयसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहदै आएको छ । सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।

 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update