Kath khabar
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात 

 

                धनकुटा, मंसिर २८ ।  धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि हातपात प्रयास भएको छ । पार्टीको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नु भएका ओली माथि आज बिहीवार हातपात प्रयास भएको हो ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा ओली माथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओली माथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयो ।

राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओली माथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड रक्सी खाएका थिए ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राको आज १५ औँ दिन हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update