ग्यास चुहावट हुँदा आगलागी

मध्यपुरथिमि, १२ असार । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका- ४ चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु. ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।
वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु. पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो । (रासस)
प्रकाशित मिति: शनिबार, असार १२, २०७८ २१:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय