Kath khabar
बालकुमारी घटनाको विरुद्धमा सुर्खेतमा युवाहरूद्वारा विरोध प्रदर्शन
तस्विर : सामाजिक सञ्जाल


                  सुर्खेत, पुस १५ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा दुई युवाको मृत्यु भएपछि त्यसको विरोधमा सुर्खेतका युवाले पनि प्रदर्शन गरेका छन् ।

आइतबार सरकारी गाडी हिंडडुल रोक लगाउने आन्दोलनका अगुवाहरूले जनाएका छन् । उनीहरुले मुख्य सडकमा चक्काजाम गरेका छन् । वीरेन्द्रनगरमा बिहानदेखि नै सबै सवारी साधन ठप्प भएका छन् । प्रदर्शनका कारण सुर्खेतको जनजीवन प्रभावित बनेको छ।  माग पूरा नभएसम्म आन्दोलन क्रमवद्ध रूपमा हुने जनाइएको छ।

सोही घटनालाई लिएर हिजो पनि प्रदर्शन भएको थियो । प्रदर्शनमा गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको राजीनामा माग गरिएका र सरकारप्रति आक्रोश व्यक्त गरिएका प्लेकार्डसहित भेला भएका मानिसहरूले टायर जलाएर प्रदर्शन गरेका थिए।

त्यस्तै दैलेख सदरमुकाममा पनि शनिबार उक्त घटनाको विरोध गर्दै युवाहरुले प्रदर्शन गरेका थिए । घटनाको विरोधमा शनिबार मुगुमा पनि विद्यार्थी नेताहरूद्धारा राँके जुलुस निकालिएको थियो । उनिहरुले ‘गठनबन्धन सरकार मुर्दावाद', 'प्रचण्डको पाराले दुःख पाए साराले', 'नालायक गृहमन्त्री राजीनामा दे', 'नेता जति देशमा युवा जति विदेशमा’ जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update