Kath Khabar
सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत रकम हस्तान्तरण

काठमाडौं, असार १५ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ असार १ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुर्नस्थापना र पुनः निर्माणमा टेवा पुर्याउने अभिप्रायले राहत स्वरुप रकम सहयोग गरेको छ । संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखाहरु मार्फत लघुवित्तीय सेवाहरु लगायत गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update