Kath khabar
अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्य कारबाही स्वरुप मुगु सरुवा


                    काठमाडौं, माघ २९ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा छाड्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । 

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा कारबाही स्वरुप सरुवा गरेका हुन् । केही महिनाअघि मात्र आचार्य सरुवा भएर काठमाडौं जिल्ला अदालत आएका थिए ।

अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीलाई समय सीमा नै तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update