Kath khabar
अवैध बाटो हुँदै अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो



                     काठमाडौं, फागुन ११ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठजना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौंफिर्ता पठाएको छ, हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ", उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update