Kath Khabar
भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरू कारवाहीमा

काठमाडौं, असार १६ । बिशेषगरी काठमाडौं उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।

“भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । उहाँले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको समेत बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update