सवारी दुर्घटनामा परी दुुई मृत्यु

काठमाडौं, असार १९ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानी गोकर्णमा बा.५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल टहरोमाथि खसेर शनिबार बिहान दुर्घटना हुँदा टिपरले च्यापिएर टहरामा बस्नुभएको २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईला तामाङ र उहाँकै श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहनुभएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८ २०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय