पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

मुग्लिन, २० असार । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ । (रासस)
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय