ललितपुरको सानेपामा ५९ बर्षीय पुरुष एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, असार २० । ललितपुर जिल्ला ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने भारत घर भएका ५९ वर्षीय सत्य नारायण पाहाडी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान सुरू गरेको छ ।
यसैगरी कैलालीको कैलारी गाउँपालिका–७ बड्का बसन्त सामुदायिक वनमा हाल नाम, थर, वतन र उमेर नखुलेको महिला आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय