उपत्यकामा मंगलबार देखि जोरबिजोर प्रणाली लागू नहुने

काठमाडौं, असार २० । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गर्नुभएको हो । सो सँगै मंगलबार देखि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन् ।
सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो । कोरोना संक्रमण घट्दै गदैपछि प्रशासनले सबै निजी र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ १९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय