Kath khabar
चट्याङ लागेर एकै घरका तीन घाइते, कच्ची घर पनि जलेर नष्ट


                 चितवन, चैत १३ । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
 
चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उहाँको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ । चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update