Kath khabar
धनगढीका मेयर गोपी हमालकी छोरी भेटिइन्

 

                     कैलाली, चैत १४ । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो छोरी सकुशल भेटिएको जानकारी दिएका छन् । मेयर हमालले सबैको खोजी प्रयासले आफ्नी छोरी गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था भने कमजोर रहेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

मेयर हमालले खोजी कार्यमा सहयोग गर्ने सम्पूर्ण गोवावासी नेपालीहरुलाई धन्यवाद दिएका छन् । हमालले खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दै ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको मंगलबार सामाजिक सञ्जालमार्फत नै बताएका थिए ।

छोरी भेटिएपछि सामाजिक सञ्जालमार्फत उनले भनेका छन् -

"सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update