
काठमाडौं, असार २१ । गोल्छा ग्रुपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।
कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले भन्नुभयो, “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्त समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यी निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”