Kath khabar
कांग्रेस नेत्री डा आरजु राणाको नयाँ दिल्लीमा सफल शल्यक्रिया


                               काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ ।

चिकित्सकहरुको सल्लाहअनुसार उहाँको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ । उहाँमा विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित सो अस्पतालमा फलोअप उपचार गराउँदै आउनुभएको थियो । सांसद डा राणा चैत २ गते सङ्घीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली जानुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

हाल डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने बताएका छन् ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update