Kath khabar
आफ्नै घरमा मृत अवस्थामा भेटिइन् सर्जन डाक्टर प्रतिभा धौभडेल

 

                          काठमाडौं, चैत १६ । जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् । ३४ वर्षीय डा. धौभडेल बिहीबार छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्।

धादिङ अस्पतलामा कार्यरत धौभडेल केही दिनअघि विदामा घर आएकी थिइन् । बाथरुममा सलले पासो लगाएर झुण्डेको अवस्थामा भेटिएपछि उनलाई उनकै श्रीमान् डा कविराज भण्डारीले विरेन्द्र सैनिक अस्पताल पुर्याएका थिए ।

चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर गरेकी थिइन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update