Kath khabar
राजश्व छली तथा चोरी गरेको गाडी र मोटरसाइकल ड्राईभिङ सेन्टरमा प्रयोग


                  काठमाडौं, चैत १६ । राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।

गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update