Kath Khabar
सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, असार २१ । काठमाडौं महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा.६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा.६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने नुवाकोट घर हुनुभएको १८ वर्षीया बिजा तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी उहाँको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 सर्लाहीको बलरा नगरपालिका–७ डुमरिया चोकस्थित सडकमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कल्याण मण्डलको छोरा ८ वर्षीय राजा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उहाँको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सडकमा ग.१ ख ९७५६ नम्बरको ट्रकले बागमती प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर र प्रदेश २-०३-००७ प ७१९६ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिंदा बागमती प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटरमा सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने ४२ वर्षीया चिनीमांया पौडेलको घटनास्थलमै मृत्यु भएको छ । दुवै स्कुटरमा सवार चालक सहित घाइते भएका ३ जनामध्ये १ जनालाई पुरानो मेडिकल कलेज भरतपुर र २ जनालाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित सडकमा युपि ५३ सिए ३८१५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका–९ बेलाटारी बस्ने ६० वर्षीय प्रेम प्रकाश मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।   
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update