Kath khabar
बिहीबार सार्वजनिक बिदा

 

                 काठमाडौं, चैत २८ । बिहीबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल-फित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो । २०७९/१२/२ गतेको राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ईद मनाउने भएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update