Kath khabar
सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलाको पुनरावेदनमाथि आजबाट सुनुवाइ

 

                 काठमाडौं, वैशाख ३ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । लामिछानेलाई बलात्कारी ठहर गर्ने उच्च अदालत पाटनको फैसलाको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको थियो।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update