Kath khabar
राप्रपाले गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुरप्रसाद डाँगीको निधन

   

                      काठमाडौं, वैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुरप्रसाद डाँगीको निधन भएको छ।

बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर १२ बजे केन्द्रीय कार्यालय चावहिलमा राखिने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update