Kath khabar
सन्दिप लामिछाने प्रकरण : उच्च अदालतले माग्योे गौशाला २६ को जन्मदर्ताको निवेदन

                              काठमाडौं, वैशाख ३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले गौशाला २६ को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update