Kath khabar
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



                        काठमाडौं, वैशाख ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।

लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामा दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।” (रासस)

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update