Kath khabar
आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै


                              काठमाडौं, वैशाख ६ । आजबाट देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सञ्चालन गर्न लागेको हो ।

भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update