Kath khabar
मनकामना केबलकार शुक्रबार बन्द हुने


                          नारायणगढ, वैशाख ६ । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउनेछ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update