Kath khabar
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा एक्कासी आगलागी


                  मलेखु (धादिङ), वैशाख ११ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update