Kath khabar
पूर्वमन्त्री आलमसहित चारजनालाई जन्मकैदको सजाय

 

                  काठमाडौं, वैशाख १३ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमलसहित चारजनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।

आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि २०७६ असोज १९ मा पक्राउ परेका आलम २०७६ कात्तिक २९ गते देखि पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update