Kath khabar
काठमाडौंको टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास (फोटोफिचर)

 

                             काठमाडौं, वैशाख १६ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरूको मध्यनजर राखी काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) संचालन गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको अभ्यासमा गृहमन्त्रालय अन्तर्गत National Emergency Operations Centre (NEOC) का प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

विपद् प्रतिकार्य अभ्यासले सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि र सामाग्रीहरूको अद्यावधिक गर्नुका साथै सरोकारवाला निकायहरू बीच समन्वय कायम गरी एक आपसमा सीप आदान–प्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्नेछ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनाहरुमा खोज तथा उद्धार कार्यलाई चुस्त, दुरुस्तकासाथ थप प्रभावकारी बनाउनको लागि समय–समयमा यस्ता अभ्यासहरुको आयोजना गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्यूनिकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरूसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरूले स्थानीय स्रोतसाधनको प्रयोग गरी र्याफ्ट बोट, मोटर बोट, डकी बोटको सहायताले पीडितहरूको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराइमा डुबेका पीडितहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए ।

यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा केबलकार आपतकालीन उद्धार अभ्यास समेत संचालन गरेका थियो ।

2-(1)-1714301638.JPG
2-(4)-1714301645.JPG
2-(5)-1714301648.JPG
2-(6)-1714301659.JPG
2-(7)-1714301659.JPG
2-(9)-1714301666.JPG
3-1714301665.JPG
 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update