Kath khabar
रहेनन् ‘माइती घर’ का नायक सिपी लोहनी


                        काठमाडौं, वैशाख १७ । निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघरका नायक तथा गायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको सोमबार दिउँसो १ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

केहि वर्ष यता पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी निमोनिया सम्बन्धी समस्याका कारण केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गर्नुभएको थियो । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।  

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उहाँ परिचित हुनुहन्थ्यो । माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गर्नुभएका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहनुभएको पत्रकार लोहनीले जानकारी दिनुभयो ।
 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update