Kath khabar
ललितपुरको तपेश्वर वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

                         ललितपुर, वैशाख १८ । ललितपुर गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंकर पहरी रहेको प्रहरीले जनाएको छ ।

आगलागी निभाउने क्रममा दुईजना शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । घाइतेमध्ये शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त जंगलमा लागेको आगो निभाउन तीनवटै सुरक्षा निकाय, स्थानीय र प्राधिकरणसहितको टोली परिचालन गरिएको छ ।

यस्तै, ललितपुरकै गोदावरी नगरपालिका–६ स्थित लेले जङ्गलमा सोमबारदेखि लागेको डढेलो फैलिएको छ । डढेलो फैलिँदै आएकोले त्यहाँ रहेको आनन्द कुष्ठरोग अस्पतालमा डढेलो फैलिएर आउन सक्ने भन्दै अस्पतालमा रहेका ९३ जना बिरामीलाई अन्यत्र सारिएको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update