Kath khabar
सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित

 

                   काठमाडौं, वैशाख २३ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि 'हेर्न नमिल्ने' मा राखिएको छ । 

उच्च अदालत पाटनमा मुख्य न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको पेशी मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ । 

न्यायाधीश दुर्गाप्रसादले यसअघि विपक्षी झिकाउने आदेश गरेकाले आज हेर्न नमिल्ने सूचीमा राखिएको जनाइएको छ ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । यही फैसला विरुद्ध सन्दीप उच्च अदालत गएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update