Kath khabar
कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै रकम ठगी


                     काठमाडौं, वैशाख २६ । कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु तथा अदालतमा मुद्दा मिलाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३७ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलि मुद्दामा कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै पीडितसँग ७ लाख रूपैयाँ र जिल्ला अदालत ललितपुरमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाई दिन्छु भन्दै अर्का पीडितसँग २३ लाख रूपैयाँ ठगी गरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं सोल्टीमोडबाट पक्राउ गरेको हो ।  

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update